Logo

देउवा–पौडेल सम्बन्धमा यू–टर्न, यस्तो छ रहस्य



पुष १५, काठमाण्डौ । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसको महासमिती बैठक पछि पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल विच एकताबद्ध भएका छन । अहिले देउवा र पौडेल मिल्ल थालेपछि कांग्रेस भित्र अर्को गुट सक्रिय हुन थालेका छन् । पार्टी महामन्त्री शंशाक कोइराला सहित नेता प्रकाशमान सिंह तथा कृष्ण सिटौला एक हुन थालेका छन ।

पानी बाराबार सम्मको स्थितीमा पुगेका कांग्रेस पार्टी सभापति र बरिष्ठ नेता पौडेल महासमिती बैठकपछि पार्टीलाई एकतावद्ध बनाउने सहमती गर्दै कार्यकता माझ प्रतिबद्धता पनि जनाए । यसअघि पार्टी नेतृत्वको चर्को आलोचना गर्दे नेता पौडेलले सभापति देउवा विरुद्ध नेता सिटौला,सिंह सहित गुट बनाएका थिए ।

तर अहिले पार्टी सभापति देउवा र पौडेल कार्यक्रममा समेत गटबन्दी नगर्नेर पार्टीलाई एकताबद्ध बनाउन लागी परेकाबेला,कोइरालापरिवारको साथ लिएर अहिले नेता कृष्ण सिटौला देउवा पौडेललाई नेता नमान्ने भन्दै छुट्टै भेला र गुटमा लागेका छन । महासमिति बैठकमा देउवा र पौडेलबिच देउवा पार्टी सभापति र पौडेल प्रधानमन्त्री हुने गरी अस्थायी सहमति भएको कुरा बाहिर आएपछि नेता सिटौला पार्टीको अव हुने १४ औं महाधिवेशनमा पार्टीको नेतृत्व हत्याउन गुटबन्दीमा सक्रिया भएका देउवा पक्षधरकेही नेताहरु बताउन थालेका छन ।

बरिष्ठ नेता पौडेले पनि पार्टी सभापतिमै बढी दावी गरीरहेका छन् । विगतमा १६ पटक सम्म उठ्दासमेत प्रधानमन्त्रीमा लडेका पौडेल अव पनि त्यस्तै हुने होकी भन्नेमा शंशकित देखिएका कारण पार्टी सभापति बन्नेमा बढी इच्छा देखाएको पोडेल निकट नेताको भनाइ छ ।

त्यसो त देउवा पनि पुन पार्टी सभापतितिरै बढी ध्यान केन्द्रित गरेका छन् । अहिले दुवै नेताले संगैकार्यक्रममा सहभागी भएरगुटगत राजनिती नगर्ने बताउदै आएका छन ।

उता नेता सिटौला सभापति हुँदा शशांक प्रधानमन्त्रीलाई बनाउने प्रस्ताव सहित सिटौला महामन्त्री शंशाकलाई फकाउन थालेका छन । सभापति विरुद्ध तिव्र आक्रोस पोख्दै आएका नेता प्रकाशमान सिंहलाईपनि हातमा लिएर सिटौला सभापति देउवार पौडेलकाविरुद्ध लागी पर्नुले यसअघि पार्टीभित्र देउवा र पौडेलविचको गुटगत राजनिती समाप्त हुर्दे गर्दा फेरी अर्का नेताहरु गुटगत राजनितिमा अल्झीनुले महासमितीको बैठकबाट एक जुट भएको भनिएको कांग्रेसभित्र अर्को शंका उब्जाएको छ ।



प्रतिक्रिया दिनुहोस्