पुष १५, काठमाण्डौ । गजलप्राचिन समयदेखि नै लोकप्रिय रहँदै आएको एक साहित्यिक विधा हो । दिन प्रतिदिन गजलका लेखक र गजल पारखिहरुको संख्या बढ्दै गइरहेको छ ।
गजल विधा नेपाली साहित्यिक वाङ्गमयमा निकैै लोकप्रिय हुँदै गइरहेको छ । गजल विधाको लेखन अरबी, टर्केली, फारसी, हिन्दी, उर्दू, नेपाली, अङ्ग्रेजी, जर्मनेलीलगायत विश्वमा अन्य भाषाहरुमा पनि भै रहेको उतिकै प्रख्यात छ ।।
गजल विधाले कविताको आश्रय लिएर आफ्नो अस्तित्व प्रकट गरिरहेको छ । सङ्गीतको आडमा गजल गायन पनि तिब्र गतीमा अगाडी बढिरहेको छ । गजल बिधा साहित्यिक जगतमा आफ्नो फरक र विशिष्ट पहिचान बनाउन सफल भएको छ ।
दिन प्रतिदिन लोकप्रिय बन्दै गइरहेको गजल विधालाई नेपालमा भने वि.सं. १९४४ सालमा काब्य शैलीको रुपमा युवाकवि मोतिराम भट्टले भित्र्याएका थिए । नेपाली गजलको ईतिहासलाई अध्ययन गर्ने हो भने मोति मण्डलिको गजल लेखनको प्रारम्भ वि.सं. १९६९ मा शम्भुप्रसाद ढुंगेलको सङ्गीत चन्द्रोदय नामक कृति प्रकाशन भएको पाईन्छ ।
पछिल्ला दिनमा गजल बिधाले गायनमा पनि निकै लोकप्रियता कमाउन थालेको छ । ‘गजल’लाई फारसी मूलको शब्द हो भन्नेहरू भन्दा अरवी मूलको शब्द हो भन्नेहरूको संख्या धेरै रहेको देखिन्छ ।
जसरी ‘गजल’ शब्दको स्रोतवारे बिद्वानहरूका मत बाझिएका छन् त्यसरी नै ‘गजल’ शब्दको ब्युत्पतिबारे पनि सबैका फरक–फरक मत छन् । गजल विधालाई अरु काव्य जस्तै गीत, कविता जुन भाव शब्दमा हुन्छ गजलमा भने आफुभित्रको सङगीत गुनगुनाउन सकिन्छ ।
साहित्यका विविध विधाहरूको अध्ययन गर्ने हो भने विशेष संरचनामा बाँधिएर लेखिने पद्य विधाहरूमा लय र छन्द(मिटर) र सांगीतिकता नै मूलरूपमा रहेको भेटिन्छ । पाश्चात्य साहित्यको प्रसिद्ध विधा ’सनेट’ फारसी साहित्यको काव्यविधा गजललाई यसको उदाहरण मान्न सकिन्छ । फारसीबाट उर्दु र हिन्दी हुँदै नेपाली साहित्यमा प्रवेश गरेको गजल मूलतः गायनमैत्री विधा हो ।