Logo

तीन जना ज्योतिषीले गरे ओली, प्रचण्ड, देउवा र ज्ञानेन्द्रको भविष्यवाणी (भिडियो)



पुष १८, काठमाण्डौ । हिजोबाट अंग्रेजी नयाँ वर्ष २०१९ सुरु भएको छ । वितेको वर्षमा जेजे भए पनि अबको वर्षमा के होला भन्ने चासो धेरैमा छ ।

व्यक्तिगत जीवनदेखि राष्ट्रको अवस्थाका बारेमा पनि भविष्यवाणी हुने गर्दछ । यसै सन्दर्भमा प्रामइ टाइम्स टेलिभिजनमा ऋषि धमलाले संचालन गर्ने कार्यक्रम जनता जान्न चाहन्छन्मा तीन जना ज्योतिषीलाई एकसाथ बहसमा ल्याइएको थियो ।

ओजराज उपाध्यायले अहिलेको समयमा नेपालको ग्रहदशा नै असाध्यै नराम्रो रहेको जिकिर गरेका छन् ।

१७ साल र ४७ सालको जस्तै ग्रह दशा अहिले पनि रहेको उपाध्यायले बताए । प्रगति नभएर दुर्गति र धनको नाश भएपछि सामाजिक विग्रह हुन सक्ने उपाध्यायको भविष्यवाणी छ ।

प्रधानमन्त्री केपी ओलीको ग्रह दशा भने राम्रै रहेको उपाध्यायले बताए ।

“तर २०७६ कात्तिकपछि राजनीतिक समिकरण परिवर्तन हुन्छ । गठबन्धन नै परिवर्तन भएर सरकार नै खतरामा पर्न सक्छ ।” उपाध्यायाले भने ।

७६ सालपछि नेपालमा भारतको दबदबा सुरु भएर राजसंस्था नै ब्यूतिन सक्ने उनको आँकलन छ ।

अर्का ज्योतिषी दिगम्बर तिमिल्सिनाले भने अबको पाँच वर्ष नै ओली प्रधानमन्त्री रहिरहने दावी गरे । त्यसपछिको प्रधानमन्त्री पुष्पकमल दाहाल हुनसक्ने तिमिल्सिनाको भविष्यवाणी छ ।

त्यसैगरी ज्योतिषी रुद्रराज अधिकारी कम्तिमा एक वर्ष चाँही यो सरकारलाई कसैले हल्लाउन नसक्ने बताए । ७६ सालको कात्तिकपछि भने राजनीतिक कोर्ष परिवर्तन हुने सरकार नै प्रभावित हुन सक्ने अधिकारीको अनुमान छ ।



प्रतिक्रिया दिनुहोस्