Logo

ग्राण्डी अस्पतालले मनायो छैटौं स्थापना दिवस (फोटोफिचर)



काठमाडौं, पुस १९ । काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आज आफ्नो छैटौं स्थापना दिवस मनाएको छ ।

प्रमुख अतिथिका रुपमा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नेपाली स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको सर्हाना गर्दै आगामी दिनमा थप जनमुखी र बिश्वस्तरिय सेवा बिस्तार गर्दैजानुपर्ने र यसका लागि नेपाल सरकारले हरतरहले सहयोग गर्न तत्पर रहेको जिकिर गर्नुभयो ।

आज आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका चेयरम्यान इ. दिपक कुँवरले अस्पताललाइ यहाँसम्म ल्याइ पुर्याउन साथ दिनुहुने सबैलाइ धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि यसैगरी साथ दिइरहन आग्रह गर्नुभयो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले स्वागत मन्तव्यका क्रममा ग्राण्डी अस्पताल को लोगोमा अंकित जिआइएच को अर्थ ”Giving from the Inner Heart” ”गिभिङ फ्रम दि इनर हार्ट” अर्थात मनभित्रबाट नै उपचार सेवा भन्ने रहेको बताउनु भयो ।

अस्पतालको आधारशिलाका रुपमा एथिक्समा आधारित उपचार, बिरामी केन्दित उपचार, र बिभिन्न बिशेषज्ञहरुसँग सहकार्यमा गरिने उपचार यस अस्पतालको आधारशिला भएकाले यस अस्पतालले बिरामीको अहित हुने कुनैपनि कुरामा कदापि सम्झौता गर्न नसक्ने जिकिर गर्नुभयो ।

ग्राण्डी नेपाल र नेपालीको अस्पताल भएकाले सधैंझै नेपाल सरकारसँग सहकार्य गरी हातमा हात मिलाएर नेपाली स्वास्थ्य क्षेत्रमा योगदान दिन सदैब तत्पर रहेको बताउनुभयो ।

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले अस्पतालको छैटौं बार्षिकोत्सबको शुभकामना सहित आगामी दिनमा यहाँका स्थानीयहरुलक्षित योजनाहरु ल्याउन अस्पताल प्रशासनलाइ अपिल गर्नुभयो ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले एकेडेमिक्स अर्थात अध्ययन तथा अनुसन्धानमा पनि आफ्नो कदम अघि बढाएको छ । यसै बर्षदेखी नयाँ बिभागका रुपमा एकेडेमिक्स तथा रिसर्च बिभाग स्थापना गरी नियमित ग्राण्डे लेक्चर पाक्षिक रुपमा आयोजना गरिरहेको छ भने बार्षिक रुपमा ग्राण्डे मेडिकल जर्नल समेत प्रकाशन आरम्भ गरेको छ ।

नेपालमा पनि मेडिकल रिसर्च हुनुपर्छ र बिरामीको उपचारमा यस किसिमका अनुसन्धानले बिशवमा नेपाली चिकित्सकहरुको दक्षता र क्षमता परिचित हुने तथा आगामी पुस्तालाई मार्गनिर्देश गर्ने बिश्वाससहित ग्राण्डे मेडिकल जर्नल प्रकाशन गरिएको हो ।

आज एक समारोहकाबीच ग्राण्डे मेडिकल जर्नलको पहिलो अंक बिमोचन गरिएको छ । आज एक समारोहका बीच उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाल तथा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले संयुक्त रुपमा बिमोचन गर्नुभयो ।

आज बिमोचन गरिएको ग्राण्डे मेडिकल जर्नलका बारेमा बोल्दै ग्राण्डी अन्तर्राट्रिय अस्पतालका डेपुटि मेडिकल डाइरेक्टर तथा एकेडेमिक्स एण्ड रिसर्च डिपार्टमेन्टका प्रमुख डा. बिनोद बिजुक्छेले ग्राण्डी अस्पतालले एकेडेमिक्स अर्थात अध्ययन तथा अनुसन्धानमा पनि योगदान गर्नसक्ने अवस्था भएकाले यो बिभाग स्थापना गरी नियमित ग्राण्डे लेक्चर तथा बिभिन्न बिधाका फेलोसिप कार्यक्रमहरु संचालन गरिएको जानकारी गराउनु भएको थियो ।

सो मेडिकल जर्नलमा अस्पतालको बिभिन्न बिभागमा कार्यरत बिशेषज्ञ डाक्टरहरुका १५ वटा मेडिकल रिसर्च पेपरहरु समावेश गरिएका छन् ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र डा. प्रेम राज ज्ञवाली संरक्षक रहनुभएको तथा डा. बिनोद बिजुक्छे सल्लाहाकार रहनु भएको सो मेडिकल जर्नलका इडिटर इन चिफ डा. प्रकाश काफ्ले, एक्जुकेटीभ इडिटरहरुमा डा. आबिस अधिकारी र डा. रुपेन्द्र बहादुर अधिकारी रहनुभएको छ ।

त्यसैगरी, इडिटरहरुमा डा. बन्दना श्रेष्ठ, डा.ब्यापक पौडेल, डा.राकेश कुमार साह, डा.सौरभ कृष्ण मल्ल, डा. सुवास प्रसाद आचार्य, डा. विवेक शर्मा हुनुहुन्छ ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्यमा तथा नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाल र टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीको बिशेष आतिथ्यमा आयोजित कार्यक्रममा अस्पतालका चिकित्सक, नर्सिङ स्टाफ, मेडिकल स्टाफ तथा कर्मचारीहरुको उल्लेख्य सहभागिता थियो ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्

Screenshot