Logo

‘लेखा समितिले सर्वसम्मतीमा प्रतिवेदन पारित गर्छ’ : सांसद चौधरी



काठमाडौं, २१ पुस । संसदको सार्वजनिक लेखा समितिकी अर्की सदस्य एवम् राजपा नेपालकी सांसद चन्दा चौधरीले उपसमितिले ल्याएको प्रतिवेदन सोमबार बस्ने लेखा समितिको पूर्ण बैठकले सर्वसम्मतीमा पारित हुने दाबी गरिन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै  उनले भनिन्,‘प्रतिवेदनको भाषामा अलिकति तलमाथि भएकोले हामी त्यसमा विचार गरेर अघि बढ्छौं । दोषीलाई कारबाही गर्नुपर्छ भन्ने कुरामा लेखा समितिका हामी सबै सदस्यहरु एकमत छौं ।’

समितिले छानबिन गरेर प्रतिवेदन ल्याईसकेको अवस्थामा सरकारले किन उच्चस्तरीय छानबिन न्यायिक समिति गठन गरेको भनेर चौधरीले प्रश्न गरिन् । उनले भनिन्,‘यो प्रकरणको रौं समेत पत्ता लगाउने भनेर सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ, यदि यसै गर्ने हो भने लेखा समिति नै डिजल्भ गरिदिए भैगयो नि ।’

उपसमितिले कुनै पूर्वाग्रह नराखिकन प्रतिवेदन ल्याएको उनको दाबी छ । उनले भनिन्,‘दोषीलाई कारबाही हुनुपर्छ । निगमका महाप्रबन्धक कंशकारले नेताहरुपनि छन भनेर सार्वजनिक रुपमा बोलेका छन् । को–को नेताहरु छन् ? आधार र प्रमाणसहित नाम खुलाउनुपर्छ । लिखित रुपमा दिनुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्