Logo

ओलीविरुद्ध जाईलाग्न निधिको कार्यकर्तालाई निर्देशन



सुर्खेत, २९ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान सरकारका नकारात्मक गतिविधिको भण्डाफोर गर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् ।

काङ्गे्रस सुर्खेतद्वारा आईतबार वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै निधिले यस्तो निर्देशन दिएका हुन् । उनले भने,“केन्द्रले प्रदेशलाई अधिकार हस्तान्तरण गर्न नचाहनु, शान्तिसुरक्षा र विकास निर्माणका काम अस्तव्यस्त हुनुले सरकारको असफलतालाई सङ्केत गर्दछ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot