Logo

वाइडबडी प्रकरणमा देउवा, ओली र प्रचण्डको सहभागिता यसरी भयो खुलासा (भिडियोसहित)



माघ १, काठमाण्डौ । बहुचर्चित भ्रष्टाचारकाण्ड वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा राजनीतिक दलका नेताहरुले एक अर्का्विरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका छन् । पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई विवादमा मुछिएपछि उनले तत्कालिन प्रचण्ड सरकार र वर्तमान ओली सरकारप्रति आक्षेप लगाएका छन् ।

यता वर्तमान सरकारमा रहेको नेकपाले भने देउवाप्रति आक्षेप लागेका छन् । वाईडबडी खरिद र भुक्तानी दिने प्रकरणमा प्रत्यक्ष सग्लन रहेका तत्कालिन नेकपा माओबादी र एमाले जुन हालका नेकपा र विपक्षी काग्रेस विचको हिलो छ्यापाछ्याप अझै केही दिन चल्ने देखिन्छ ।

देउवा प्रधानमन्त्री भएको चार दिनपछि २०७४ जेठ २९ गते वाइडबडी खरिदको रकम भुक्तानीका लागि सटही सिफारिसको निर्णय भएको थियो । तत्कालिन समयमा जितेन्द्र नारायण देव मन्त्री रहेको भन्दै उनैलाई जिम्मेवार ठह¥याई ‘कानुनसम्मत कारबाही’ का लागि निर्णय भएको थियो । तर पुर्वमन्त्री देवले नभई तत्कालिन प्रधानमन्त्री देउवाले नै गरेको खुलेको छ ।

यता देउवाले भने वाइडबडीमा आफ्नो कुनै दोष नभएको दावी गरेका छन् । उनले आफु प्रधानमन्त्री भएका बेला १९ वटा मन्त्रालयको जिम्मेवारी रहेको बताउदै सबै मन्त्रालयको बारेमा आफुले जिम्मेवारी लिन नसक्ने जिकिर गरे । त्यसबेला मन्त्रीस्तरीय निर्णय नभएको जिकिर गर्दै उनले सचिवस्तरीय भएको भए आफुलाई जानकारी नभएको भन्दै पन्छिएका छन् ।

यता देउवाले वाईडबडी खरिदको निर्णय आफुभन्दा अघिल्लो सरकार प्रचण्ड प्रधानमन्त्री हुदा भएको बताएका छन् । देउवाले आफुले निर्णय गरेको अस्विकार गरेपनि तत्कालिन समयमा मन्त्री हुदै नभएको व्यक्तिलाई दोषि देखाएकाले उनको प्रष्टोपक्तिमाथी धेरैले प्रश्न उठाएका छन् ।

यसै विषयमा ऋषि धमलाले वाइडबढी प्रकरणको सार्वजनिक लेखा समितिले गठन गरेको छानविन उपसमितिका सदस्यहरु प्रेम आले, प्रदिप यादव र नेपाली कांग्रेसका नेता प्रकाससँग विशेष कुराकानी गरेका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा गरिएको कुराकानीको पूरा भिडियो यहाँ प्रस्तुत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्