Logo

अचानक नाइटभिजनबाट काठमाण्डौ ल्याइएका डा. केसीको अवस्था कस्तो छ ?



मुटुको चाल अस्थिर भएपछि डा. केसी खतरामा

माघ ४, काठमाण्डौ । आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि राति नै काठमाडौं ल्याइएको छ ।

डा. केसी ९ दिनदेखि इलाममा अनसनरत थिए । तर, बिहीबार साँझबाट उनको मुटुको चाल अस्थिर भएपछि चिकित्सकहरुले कुनै पनि बेला दुर्घटना हुन सक्ने भन्दै तत्काल काठमाडौं लैजान सुझाव दिएका थिए ।

रात परिसकेकाले इलाममा हेलिकोप्टर ल्याण्ड गर्ने अवस्था थिएन । त्यसैले इलामबाट भद्रपुरसम्म एम्बुलेन्समा ल्याइयो ।

भद्रपुरबाट सेनाको नाइटभिजनले काठमाडौं ल्याइएको छ । डा. केसी चार बजेतिर त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

अनशनरत केसीको शरीरमा अक्सिजनको मात्रा कम हुँदै ८० प्रतिशतमा झरेको, मुटुको चाल अनियन्त्रित भई घटेर ३५ र बढेर २०० सम्म पुग्ने गरेको, शरीरमा ग्लुकोजको मात्र कम हुँदै गएको, अनसनका कारण नियमित खाँदै आएको मुटुको औषधि खान छुटेको, शरीरमा हानिकारक रसायन बढ्दै गएको लगायतका समस्या देखिएको छ

अनशनलाई ऐक्यबद्धता जनाउन बिहीबार पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, पूर्व सभामुख दमननाथ ढुंगाना, त्रिभुवन विश्विद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा र गायक अमृत गुरुङ पनि इलाम पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्