माघ ७, काठमाण्डौ । हिन्दुहरुको पवित्र धार्मिकस्थल पशुपतिनाथको जग्गा मनपरी प्रयोग गरेको पाइएको छ । पशुपतिनाथ मन्दिरको जग्गा काठमाडौं उपत्यकामा मात्र छैन । यसका नाममा रौतहट, सर्लाही, सिरहा र पर्सामा ११ सय बिघा जमिन कहाँ के छ भन्ने पत्तो छैन ।
पशुपति क्षेत्र विकास कोषअन्तरगत हुनुपर्ने रौतहट, सर्लाही, सिरहा र पर्साका ११ सय बिघा जमिन कहाँ के छ भन्ने पत्तो छैन । यति ठूलो परिमाणको जग्गा गायब पारिएको धेरै वर्ष भने भएको छैन ।
२०४२ सम्म हकभोग गर्नेहरूले यसको तिरो तिरेका थिए । विस्तारै त्यो क्रम रोकियो । पशुपति क्षेत्र विकास कोष स्थापनापछि भने तिर्ने क्रम ठप्प भयो । कोषले जग्गा छ भन्नेसम्म मतलब गरेन ।
अभिलेखमा पनि राखेन । मन्दिर संरक्षक पशुपति क्षेत्र विकास कोषले लामो अनुसन्धानपछि ११ सय विघा जग्गा हराएको तथ्य फेला पारेको हो । झन्डै एक वर्षअघि कोषका कोषाध्यक्ष मिलन थापाको संयोजकत्वमा पशुपतिनाथको चल अचल सम्पत्ति छानबिन समिति बनेको थियो ।
समितिले सम्पत्ति खोज्ने क्रममा रौतहट, सर्लाही, सिरहा र पर्सामा पनि जमिन रहेको पाएको हो । कोषका कार्यकारी निर्देशक रमेश उप्रेतिले नै पशुपतिको जग्गाको दुरुपयोग गर्न काठमाडौंकै भूमाफिया सक्रिय रहेको स्विकार गरेका छन् ।
गायब भएको भनिएको पशुपतिको जग्गामा अहिले पनि तीन सय ५० भन्दा बढी परिवार बसोबास गर्दै आएका छन् । ११ सय बिघा जग्गा एउटा वनको नाममा रहेकाले उक्त जग्गा पशुपतिकै हो वा होइन भन्ने आधार फेला नपरेको कार्यकारी निर्देशक उप्रती बताउनुहुन्छ ।
जग्गाबारे यथार्थ बुझ्न नापी, मालपोत, गुठी, विज्ञ र कोषका पदाधिकारीको टोलीले केही दिनमै छानबिन गर्ने उप्रेतीले बताउनुभयो ।
त्यो जग्गा पशुपतिका नाममा ल्याउन सके मात्र पनि वार्षिक कम्तीमा १० करोड रुपैयाँ तिरो उठ्नेछ । प्रतिकठ्ठा एक लाखका दरले हिसाब गर्दा पनि ११ सय बिघाको दुई अर्ब २० करोड रुपैयाँ पर्छ । जमिन भूमाफिया र व्यक्तिका नाममा गइसकेको भने छैन ।
सबै जग्गा नेपाल सरकारकै नाममा छ । अब प्रभावकारी अनुसन्धान गरेर जग्गाको सदुपयोग गर्न ढिला गर्नुहुँदैन ।