माघ ९, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विहिबार केन्द्रिय समितीको बैठक बस्दै छ । बैठकमा कांग्रेसले मुख्यगरी महासमिती बैठकमा उठेका विभिन्न विषय र पछिल्लो समयमा संसदमा देखिएको अन्यौलताका विषयलाई मुख्य एजेण्डा बनाउने भएको छ ।
भोलीको बैठकमा नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमितिकै म्याद थप्ने निर्णय हुने बताइएको छ ।
आजै दिउँसो नेपाली कांग्रेसले आन्तरिक छलफल गरेको थियो । भोली बस्ने केन्द्रिय समिति बैठकको पूर्व सन्ध्यामा आज अनौपचारिक छलफल भएको हो ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज बसेको बैठकमा शीर्ष नेताहरुसहित केन्द्रिय सदस्यहरु सहभागि थिए । छलफलमा नेवि संघको वर्तमान कार्यसमितिलाई पुनः केही समय दिएर १२ औँ महाधिवेशन गर्न निर्देशन दिने विषयमा सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच सहमति भएको बताइएको छ ।
देउवा निवासमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजकुमार गच्छेदार, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सितादेवि यादव, सह महामन्त्री प्रकाशशरण महत डा.मिनेन्द्र रिजाल लगाएतका नेताहरु सहभागी थिए ।