Logo

विद्येयक पारितको विरोधमा उत्रिएका नेविसंघका महामन्त्री काफ्ले पक्राउ



काठमाडौं, ११ माघ । चिकित्सा शिक्षा विधेयक पारितको विरोधमा प्रदर्शनमा उत्रिएका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघका महामन्त्री कुन्दन काफ्ले सहित ३० जना पक्राउ परेका छन् ।

संसदबाट विधेयक पारितपछि संसद भवन अगाडि विरोध प्रर्दशन गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई नेपाल प्रहरी क्लब भृकुटीमण्डपमा राखिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्