मघ १२, काठमाण्डौ । विश्व आर्थिक मञ्चको ४९औं बैठकमा सहभागी भएर प्रधानमन्त्री केपी ओली स्वेदश फर्किने क्रममा विमानस्थलमा कालो झण्डा देखाउन पुगेका नेपाल विद्यार्थी संघका नेताहरु परेका छन् ।
केहीबेर अघि ओली विमानस्थलमा ओर्लने वित्तिकै विरोधस्वरुप कालो झण्डा देखाउन पुगेका नेविंघका केन्द्रिय सदस्य सुशील भट्टलगायत अन्य नेता कार्यकर्ताहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा निरन्जन थापा, सुवास घिमिरे, सुदिप अधिकारीलगायत छन् । सरकारले संसदमा प्रतिपक्ष दललाई पेलेर जान खोजेको, अनसनरत डा. गोविन्द केसीको माग वेवास्ता गरेको, निर्मला पन्त प्रकरणको अनुसन्धान गर्न असफल भएको आरोप लगाउँदै नेविसंघले प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन् ।
भीआईपी कक्षभित्रै छिरेर उनीहरुमाथि कालोझण्डा देखाइएको हो ।