Logo

मोदीको भित्री चाहना नै नेपाललाई हिन्दूराष्ट्र बनाउने हो : पूर्वराजदुत उपाध्याय (भिडियोसहित)



काठमाडौं, १२ माघ । भारतका लागि पूर्व नेपाली राजदुत एवम् नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हिन्दूराष्ट्र बनाउन चाहेको खुलासा गरेका छन् ।

शनिबार साँझ प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यायले यस्तो सनसनीपूर्ण खुलासा गरेका हुन् ।

उनले पछिल्लो समय नेपाल–भारत द्धिपक्षीय सम्बन्ध पनि सुधारोन्मुख रहेको जिकिर गरे । उनले भने,”हामीबीच अत्यन्तै प्रगाढ सम्बन्ध छ।यो ऐतिहाँसिक छ, यसलाई व्यवस्थापन गर्न बरु चूनौतीहरु छन् । यसप्रति दुवै पक्ष सचेत हुनुपर्छ ।”

उनले भारतीय प्रधानमन्त्री मोदीसँग नेपालका राजनेताहरुले केही गोप्य सम्झौता गरेको छ भने बरु त्यसलाई कार्यान्वयन गर्नुपर्ने पनि बताए । उनका अनुसार भारतीय राजनेताहरुले हचुवाको भरमा अहिलेसम्म सम्झौता नगरेको सुनाउँदै उनीहरुले जोसँग सम्झौता गरेपनि त्यसलाई लागु गर्ने चरित्र रहेको बताए ।

उनले भारत नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्छ भनेर खुलेर नलागेपनि उसको भित्री चाहना भने त्यही रहेको आफूले पाएको पनि जिकिर गरे ।
भारतसँग रहेको नेपालको व्यापार घाटा घटाउन मोदी अत्यन्तै सकारात्मक रहेको पनि उनले सुनाए । नेपाली पक्षले पनि सोहीअनुसार आफ्नो कदम चाल्नुपर्ने उनको भनाई छ ।

यद्धपी उनले द्धिपक्षीय सम्बन्धमा समस्या अहिलेपनि रहेको जिकिर गरे । उनले भने,”हामी त हेर्नुहोस, धर्म, कर्म, सभ्यताले बाँधिएको एउटा विरासत छ । त्यसैले समस्या त रहन्छ ।” तर, समस्याको समाधान गर्नको लागि आफूहरुले कला, कौशल र चातुर्यता देखाउनुपर्ने पनि उनले धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot