Logo

‘विकासका लागि चीन सरकारको सहयोग आवश्यक’



काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र गतिको विकासका लागि छिमेकी मुलुकको सहयोग आवश्यक रहेको बताएका छन् ।

चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको काठमाडौंको कलंकी–कोटेश्वर सडकको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफ्नै क्षमताबाट मात्र नेपालको विकास सम्भव नभएकाले तीव्र विकासका लागि चीन सरकारको सहयोग आवश्यक रहेकोमा जोड दिए ।

उनले सरकारले दुबै छिमेकी र दातृ राष्ट्रको सहयोगबाट नेपालको विकासलाई तीव्रता दिने पनि बताए । नेपालमा राष्ट्रिय गौरवका आयोजनाको पनि धमाधम निर्माण भइरहेको भन्दै प्रधानमन्त्री ओलीले अब विकासको गति प्रत्येक दिन एक कदम अगाडि बढ्ने जिकिर गरे ।

उनले कलंकी–कोटेश्वर एउटा नमूना सडक भएको भन्दै यसले नेपालको ट्राफिक व्यवस्थापनमा सहज हुने विश्वास व्यक्त गरे । सन् २०१३ बाट निर्माण सुरु भएको कलंकी–कोटेश्वर सडक १० दशमल ३९५ किलोमिटर रहेको छ भने ८ लेन फराकिलो छ । मुख्य सडकको दुवैतिर मुख्य लेन र दायाँबायाँ सहायक लेन छन् ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot