Logo

मेलम्चीले सरकारको टाउको खायो, सांसदले गरे यस्तो आलोचना



माघ १४, काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनाबाट इटालियन कम्पनी सिएमसीले हात झिकेपछि समस्या जटिल बन्दै गएको छ । ठेकेदार कम्पनीले नै काम छोडेपछि सरकार अन्योलमा छ । प्रतिनिधिसभाका सांसदहरुले भने आयोजनाको बाँकि काम पूरा गर्न गम्भिर नभएको उल्लेख गर्दै सरकारको चर्को आलोचना गरेका छन ।।

संघीय संसदको विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा समितिका सदस्यहरुले सरकारकै कारण इटालियन ठेकेदार कम्पनी सिएमसी काम छाडेर भागेको होकि भन्ने आशंका गरेका छन् । हचुवाको भरमा मेलम्चीको पानी दसैं अघि नै आउने भनि झुट प्रतिवद्धता जनतासामू व्यक्त गरेकोमा पनि समितिका सदस्यहरुले आपत्ति जनाए ।

पाँच करोड कमिशन मागेपछि सिएमसी कम्पनी सो आयोजनाको कामै छोडेर हिँडेको समाचार आईरहेको भन्दै त्यसको जवाफ दिन पनि सरकारसँग माग गरिएको थियो ।

समितिका सदस्य जीपछिरिङ लामाले मेलम्ची खानेपानी आयोजनाको काम स्वदेशी निर्माण कम्पनीबाटै गराउन सरकारलाई सचेत गराउनु भयो ।

समितिका सदस्यहरुले मेलम्ची खानेपानी आयोजनाबारे सरकार आफैले गलत सूचना दिने गरेको भन्दै आक्रोश पनि व्यक्त गरेका थिए ।

बैठकमा खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले आयोजनाको कामलाई अघि बढाउन स्वदेशी निर्माण कम्पनीलाई परिचालन गरेर अघि बढने तयारी भईरहेको जानकारी गराउनु भयो ।

सरकारले सिएमसी कम्पनीबारे ठोस निर्णय लिन १४ दिने सूचना जारी गरिसकेको छ । सचिव ठाकुरले १४ दिन भित्र सो कम्पनी सम्पर्कमा नआए ऊसँगको ठेक्का सम्झौता रद्ध हुने र स्वदेशी निर्माण कम्पनीलाई परिचालन गरेर सो आयोजनाको बाँकि काम पूरा गर्ने योजना पनि समितिलाई जानकारी गराउनु भयो ।



प्रतिक्रिया दिनुहोस्