Logo

सरकारविरुद्ध कांग्रेस झनै आक्रामक, देउवालाई गगनको यस्तो ‘ब्रिफिङ’



काठमाडौँ, १४ माघ । सरकारविरुद्ध दिन प्रतिदिन प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस आक्रामक बनेको छ । सरकराले दुई तिहाईको बहुमतको दम्भ देखाएको र प्रतिपक्षलाई पेलेर जान खोजेको भन्दै कांग्रेस आक्रामक बनेको हो ।

संसदबाट बलमिच्याँई गरेर चिकित्सा शिक्षा विद्येयक पारित गरेको र सरकारले कांग्रेसका दुई नेता गिरिजा प्रसाद कोइराला र सुशिल कोइरालाको नाममा स्थापित अस्पताललाई बेवास्ता गरेको भन्दै यी दुई मुद्दालाई लिएर कांग्रेस पछिल्लो समय आन्दोलित छ ।

कांग्रेस भाृत संगठनहरु नेविसंघ र तरुण दलले त सडक नै तताएका छन् । विरोध जुलुस दिनदिनै निकालिरहेका छन् । विरोध तथा जुलुस निकाल्ने क्रममा कांग्रेस कार्यकर्ताहरु र प्रहरीबीच झडपसमेत भैरहेका छन् ।

यता, पार्टी केन्द्रिय कार्यसमितिको बैठकले सरकारका कामकारवाही सम्बन्धमा गम्भीर रुपमा छलफल गरेको एक नेताले जानकारी दिए । सरकारविरुद्ध हिजो आईतबार बसेको बैठकले आगामी माघ २१ गते देशैभरि विरोध गर्ने निर्णय गरिसकेको छ ।

आजपनि पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गरेको छ । आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, सुरेन्द्रराज पाण्डे र गगनकुमार थापाले आ–आफ्नो धारणा राखेका थिए ।

बैठकमा केन्द्रीय सदस्य कार्कीले संसदीय सुनुवाइ समितिको आजको बैठकमा संवैधानिक परिषद्बाट केही संवैधानिक आयोगमा सिफारिश भएका व्यक्तिको सुनुवाइ गर्ने कार्यसूची सम्बन्धमा पार्टीका तर्फबाट राखेका धारणाका बारेमा जानकारी गराएका थिए ।

त्यस्तै, काङ्ग्रेसले प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिना संवैधानिक परिषद्को बैठक राखेको र केही निर्णय गरेको भन्दै सो कार्यको पनि विरोध जनाउँदै आएको छ ।

त्यस्तै केन्द्रीय सदस्य पाण्डेले राष्ट्रियसभाको आजको बैठकमा प्रतिपक्षी दलको विरोधका बाबजुद चिकित्सा शिक्षा विधेयक सरकारले टेबुल गरेकोबारे बैठकलाई अवगत गराएका थिए ।

केन्द्रीय सदस्य थापाले आफू स्वास्थ्य मन्त्री हुँदा सुशील कोइरालाको नाममा बाँकेमा क्यान्सर अस्पताल खोल्ने सम्बन्धमा भएका कामबारेमा बैठकलाई जानकारी गराएका थिए ।

काङ्ग्रेसले २००७ सालदेखि पार्टीमा सक्रिय जनकपुरका श्रीराम चौधरीको गत शनिबार काठमाडौँमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उजको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । केन्द्रीय कार्यसमितिको अर्को बैठक यही माघ २३ गते दिनको १ बजे पुनः बस्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्