माघ १५, काठमाण्डौ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई लिएर दलहरु थप विभाजित बनिरहेका छन् ।
डा. केसीको अनसन र सरकारको वेवास्ताका बारेमा प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा बहस भएको छ । ऋषि धमलाले गरेको बहसमा नेकपा, कांग्रेस र चिकित्सकहरुले आ–आफ्नै राखेका छन् ।
नेकपाका नेता तथा राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले डा. केसीले भात खाएर अनसन तोड्नुपर्ने बताएका छन् । केसीका सबै माग पूरा भइसकेको दावी गर्दै विडारीले अब अनसन बस्नुको औचित्य नरहेको बताए । “विधेयक उहाँले भनेकोभन्दा बढि राम्रो बनेको छ ।” विडारीले भने ।
नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले भने केसीसँग सरकारले नै गरेको सम्झौता पालना भएको जिकिर गरे ।
“सरकार र केसीबीच भएको सम्झौताअनुसार विधेयक तयार भएन । सत्तारुढ दल नेकपाले डा. केसीलाई धोका दिएको छ ।” यादवले भने ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले पनि सरकारले डा. केसीलाई धोका दिएको आरोप लगाए । डा. केसीको समर्थनमा अनसन सुरु गरेको संघका अध्यक्ष डा. श्रेष्ठले केसीलाई सरकारले वेवास्ता गरेको दावी गरे ।