Logo

१० बर्षमा ४८ थान विमान खरिद गर्ने तयारीमा अल निप्पोन एयरवेज



काठमाडौँ,१५ माघ ।जापानको अल निप्पोन एयरवेज एएनएले सन् २०२१ देखि २०२५ को अवधिमा बोइङ र एयरबस कम्पनीबाट ४८ थान नयाँ विमान खरिद गर्ने निर्णय गरेको छ ।

एएनए होल्डिङ्सले मङ्गलबार जारी गरेको विज्ञप्तिमा बोइङ कम्पनीका ७३७ म्याक्स ८ सिरिजका ३० थान र एयरबस कम्पनीका ए३२०नियो सिरिजका १८ थान विमान खरिद गरिने उल्लेख छ ।

जापानभित्रै र क्षेत्रीय स्तरमा एएनएको सेवाप्रति उपभोक्ताले निकै अभिरुचि देखाएका कारण विमान थप्नु परेको विज्ञप्तिमा जनाइएको छ ।कम्पनीका अनुसार ३० वटा बोइङ जहाजको ३ अर्ब ५० करोड डलर ३८३ अर्ब जापानी येन पर्नेछ भने एयरबसको मूल्य १६६ अर्ब जापानी येन पर्नेछ ।

बोइङको नयाँ मोडेलको विमान खरिद गर्ने एएनए पहिलो जापानी कम्पनी हो । एयरबस ए३२०नियो सिरिजका विमान भने यसअघि नै एएनएको अन्तर्राष्ट्रिय उडानमा प्रयोग भइरहेका छन् ।कम्पनीले दुबै किसिमका नयाँ जहाजहरु इन्धन किफायती रहेको पनि जनाएको छ ।एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot