माघ १६, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थ खनियाँले स्ववियु निर्वाचनका लागि प्रधानमन्त्री केपी ओलीले वातावरण बनाउने प्रतिवद्धता जनाएको जानकारी दिएका छन् ।
छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागि भएको जानकारी दिदै खनियाले पूर्वघोषित मिति फागुन १४ गते निर्वाचन गराउनका लागि सबैभन्दा पहिला वातावरण निर्माण गर्ने विषयमा छलफल भएको बताए ।
तर फागुन १४ गते स्ववियु निर्वाचन हुने सम्भावना ज्यादै कम रहेको खनियाले बताए । निर्वाचनका लागि अहिले उचित वातावरण नभएको खनियाले बताए । तर एक महिनाभित्र वातावरण सृजना गरेर निर्वाचन सम्पन्न गराउने कुरामा आफूहरु प्रतिवद्ध रहेको खनियाले बताए ।
त्रिभुवन विश्वविद्यालय चुनावका लागि तयार भए पनि विद्यार्थी संगठनहरु भ्ने प्रतिवद्ध नभएको खनियाले बताए ।
“वातावरण नै बनेन भने हामीले कसरी चुनाव गराउने ? विद्यार्थी संगठनहरुले वातावरण बनाउन सक्ने हो भने हामी तयार छौँ । चुनाव गराउने पक्षमा छाँै ।” खनियाले भने ।