काठमाडौं, १७ माघ । हाँस्यकलाकार दम्पत्ति सिताराम कट्टेल (धुर्मुश) र कुञ्जना घिमिरे (सुन्तली) ले अनशनरत डाक्टर गोविन्द केसीका मागहरु जायज भएकोले सरकारले तत्काल उनको माग सम्बोधन गर्नुपर्ने बताएका छन् ।
बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन्” मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनीहरुले यस्तो बताएका हुन् । पहिलो पटक धुर्मुशले आफू डाक्टर केसीको समर्थक भएको पनि खुलासा गरेका हुन् ।
धुर्मुशले भने,”हामी सत्यको पक्षमा छौं । निष्ठाको पक्षमा छौं । सबै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको खुशीको लागि डाक्टर साब अनशन बसिरहनुभएको छ । उहाँलाई हामी स्वास्थयलाभको कामना गर्न चाहन्छौं । र, सरकारले चाँडो भन्दा चाँडो उहाँले उठाएका मुद्दाहरुलाई कति जायज छन्, कति जायज छैनन् । त्यसलाई समष्टिगत गरेर छिटो भन्दा छिटो एउटा निर्णयमा पुगोस् ।”