Logo

उपेन्द्र यादव केपी ओलीसँग फायर, लगाए यस्ता गम्भिर आरोप



काठमाडौं, १८ माघ । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट छन् ।

सरकार गठन भएको एक वर्ष पुग्न लागेको छ । यादवले यो एक वर्षसम्म पनि आफूहरुले उठाएको संविधान संशोधनलगायतका मागहरु सम्बोधन गर्न प्रधानमन्त्री ओलीले कुनै चासो नदेखाएको गुनासो पार्टीका आफूनिकट नेताहरुसँग गरेका छन् ।

यादवले आज सरकारमा पार्टीको सहभागिताको बारेमा पनि आज समिक्षा गर्ने बुझिएको छ । फोरमको आज संसदीय दलको बैठक समेत उनले डाकेका छन् । एक नेताका अनुसार यादवले प्रधानमन्त्री ओलीले आफूहरुसँग कुनै समन्वय नगरेको आक्रोश पोखेका छन् ।

यादवको भनाई उद्धृत गर्दै एक नेताले भने,‘फोरमको माग सम्बेधन गर्न प्रधानमन्त्री गम्भिर भएनन् । अब हामी सरकारमा बस्ने कि नबस्ने भन्नेबारे निर्णय लिनुपर्छ । धेरै ढिलाई भैसक्यो ।’ त्यस्तै, डाक्टर केसीको विषयमा पनि प्रधानमन्त्रीले आफूसँग कुनै समन्वय नगरेको उनको गुनासो छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot