Logo

डाक्टर केसीले किन तोडे अनशन ? सहयोगीले खुलाए यस्तो रहस्य (भिडियोसहित)



काठमाडौं, १९ माघ । डाक्ट गोविन्द केसीले हिजो साँझ १६ औं अनशन तोडेका छन् । अनशनको २४ औं दिनका दिन केसीले अनशन तोडेका हुन् । केसीका समर्थक डा. जीवन क्षेत्रीले अनशन तोड्नुको मुख्य कारण भनेको नै जीवन रक्षा भएको स्पष्ट पारेका छन् ।

डाक्टर केसीले शुक्रबार अनशन तोडेलगत्तै प्राईम टाईम्स टेलिभिजनको “जनता जान्न चाहन्छन्” कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले स्वास्थ्य अवस्था बिग्रिएकोले नै केसीले अनशन तोडेको जनाए ।

यसपटकको अनशनमा डाक्टर केसीले हारेको पनि उनले स्विकारे । उनले भने, यसलाई एउटा ब्याटल मान्ने हो भने उहाँले हार्नुभयो । तर, युद्धको त धेरै मोर्चा हुन्छन् नि । समग्र लडाईको परीणाम त्यति छिटो आउँदैन् ।



प्रतिक्रिया दिनुहोस्