काठमाडौँ,२० माघ । इंग्लिस प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा चेल्सीले हर्डल्सफिल्ड लाई ५–०को पराजीत गरेको छ ।घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले हर्डल्सफिल्ड विरुद्ध खेलको १६ औं मिनेटमा गोञ्जालो हिगुइनले पहिलो गोल गर्न सफल भएका थिए ।युभेन्टसबाट प्रिमियर लिगमा आएका हिगुइनले यो पहिलो गोल रहेको थियो ।
चेल्सीले पहिलो हाफको अन्तिम तिर पाएको पेनाल्टीलाई इडेन हाजार्डले गोल गर्दै दुई शून्यले अग्रता दिएका थिए ।पहिलो हाफमा नै दुई गोलको अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा दुई गोल थप्यो । ६६ औं मिनेटमा फेरि इडेन हाजार्डले टिमका लागि गोल गरे ।
त्यसको तीन मिनेटपछि फेरि चेल्सीले चौथो गोल गर्यो । जसमा हिगुइनले ब्यक्तिगत दोस्रो तथा टिमकालागि चौथो गोल गरे । त्यसपछि ८६ औं मिनेटमा डेविड लुइजले गोल गर्दै टिमको अग्रता ५ शुन्यमा पुर्यायो ।५० अंक बनाउँदै चेल्सी लिगको चौथो स्थानमा उक्लिन सफल भएको छ ।