Logo

प्रचण्डको विज्ञप्तिले अमेरिकासँगको सम्बन्ध बिग्रिदैन : पौडेल



माघ २०, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता देवेन्द्र पौडेलले पछिल्लो समय देशले सकारात्मक दिशा लिएको दावी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले नेपालको विकास सुचकांक सन्तोषजनक रहेको बताए । तर भ्रष्टाचार र विकृतिको अन्त्य भने भइनसकेको उनले स्विकार गरे ।

भ्रष्टाचार नियन्त्रणका लागि सम्बन्धित निकायले तदारुकताका साथ कारबाही गर्नुपर्ने पौडेलले बताए ।

उनले निराश हुनुपर्ने अवस्था नरहे पनि जनता नै सन्तुष्ट हुने गरी सरकारले काम गर्न भने नसकेको बताए ।

बजेट कार्यान्वयनको पाटोमा सम्बन्धित निकाय पूर्ण सफल हुन नसकेको पौडेलले बताए ।

नेकपा अध्यक्ष प्रचण्डले भेनेजुयलाको पक्षमा र अमेरिकाको विपक्षमा हुने गरी जारी गरेको विज्ञप्ति जायज भएको बताए । भेनेजुयलाको आन्तरिक मामिलामा कुनै पनि राष्ट्रले हस्तक्षेपकारी भूमिका खेल्न नहुने पौडेलले बताए ।

प्रचण्डको वक्तव्यलाई लिएर केही राष्ट्रहरुले उचाल्ने काम गरेको आरोप लगाउँदै पौडेलले नेपाल र अमेरिकाबीचको सम्बन्ध नबिग्रने तर्क गरे ।

भेनेजुयलामा निर्वाचित राष्ट्रपतिलाई कू गरेर अरुलाई राष्ट्रपति बनाइनु गलत भएको पौडेलले बताए ।



प्रतिक्रिया दिनुहोस्