दमौली, २१ माघ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार समृद्धिको बाटोमा हिड्न नसकेको आरोप लगाएका छन् ।
सोमबार नेपाली काङ्ग्रेस तनहुँले दमौलीमा आयोजना गरेको विरोध सभामा वरिष्ठ नेता पौडेलले सरकारका मन्त्रीहरु काममा भन्दा फोटो खिचाउनमा मात्रै व्यस्त रहेको आरोप लगाएका हुन् ।
उनले विकास अवरुद्ध पारेर सरकारले सोचेको समृद्धि पूरा नहुने बताए। पौडेलले शान्ति सुरक्षा, विकास र सुशासनमा सरकार असफल भएको दाबी गरे। उनले भने, “सुनकाण्डका ठूला माछा कहाँ गएँ, वाइड बडीमा भ्रष्टाचार गर्ने कहाँ छन् रु उनीहरुलाई बचाउन खोजिएको आभास हुँदैछ ।”
वरिष्ठ नेता पौडेलले अख्तियार र सर्वोच्च अदालतलाई तर्साएर सरकारले आफूखुशी काम गर्न थालेको पनि आरोप लगाए। उनले भने, “दश हजार घुस खाने पक्राउ पर्छन्, तर अर्बौंको भ्रष्टाचार गर्नेलाई छुट दिइएको छ ।”