Logo

रानीपोखरीमा राजनीति : अब पालो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको



मघ २३, काठमाण्डौ । विनाशकारी भुकम्प गएको तीन ४५ महिना भइसक्दा पनि राजधानीको मुटु भनेर पहिचान बनाएको रानीपोखरीको पुनर्ननिर्माण हुन सकेको छैन । कहिले राजनैतिक त कहिले सम्बन्धीत निकायको आन्तरिक विवादका कारण रानीपोखरी पुर्ननिर्माणको कार्यको सुरुवातसमेत हुन सकेको छैन ।

अन्योलकाबीच सरकारले रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई प्रदान गरेको छ ।

नेपालको एतिहासिक र पुरातात्विक महत्व बोकेको सम्पदा रानीपोखरी ७२ सालको विनाशकारी भुकम्पले क्षतिग्रस्त बनाएको थियो । राष्ट्रपति विद्यादेवि भण्डारीले सोही वर्ष पुनः निर्माण महाअभियान सुरु गर्दा रानीपोखरीबाटै गर्नुभएको थियो । तर महाअभियान नै अलपत्र पर्यो । नेपालको महत्वपूर्ण सम्पदा रानीपोखरी पुर्ननिर्माणको काम राजनितिक विवादका कारण अहिलेसम्म पनि विवादमा नै सिमित छ । मल्लकामलिन शैलीमा नै रानीपोखरी पुर्ननिर्माण गर्ने भनेर प्राविधिक खिचातानीका कारण खुलाएको टेण्डर स्थगित गरिएको थियो ।

यसैबीच सरकारले रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई प्रदान गरेको छ । रानीपोखरी र बालगोपालेश्वर मन्दिर लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माण सम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको हो । प्राधिकरणले पुरातत्व विभाग, काठमाडौं महानगरपालिका, विज्ञ, सरोकारवाला संघसंस्था, स्थानीय समुदाय लगायतसँगको परामर्श र समन्वयमा प्रताप मल्लकालीन शैली, प्रविधि र निर्माण सामग्रीको प्रयोग गरी पुनर्निर्माण गरिने जनाएको छ । रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गुम्बज शैलीमा गर्ने कि ग्रन्थकुटरशिखर शैलीमा गर्ने भन्ने विवाद थियो ।

विज्ञहरुले दिएको सुझाव समेतका आधारमा प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, पुरातत्व विभाग एवं काठमाडौं महानगरपालिका लगायतसँग समन्वय तथा सहजीकरण गरी ग्रन्थकुटरशिखर शैलीमा पुनर्निर्माण गर्ने निर्णय गरिसकेको छ । प्राधिकरणले भूगर्भ्विद्हरुबाट रानीपोखरीमा पानी कसरी जम्मा गर्न सकिन्छ र कसरी अड्याउन सकिन्छ भन्ने अध्ययन गराएको थियो । विज्ञहरुले तीन सय फिट तलबाट पानी निकाल्न सकिने र कालीमाटीको प्रयोग गरी पानी अड्याउन सकिने प्रतिवेदन दिएका छन् ।

यही माघ १४ गतेको मन्त्रिपरिषद् बैठकले रानीपोखरी, बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रका पुरातात्विक संरचनाको पुनर्निर्माणसम्बन्धी सबै काम प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिएको हो । यो निर्णयसँगै काठमाडौं महानगरपालिकालाई अब रानीपोखरीको कामबाट मुक्त गरिएको छ । रानी पोखरी काठमाडौं नगरको मध्यमा अवस्थित एक मानव निर्मित पोखरी हो ।



प्रतिक्रिया दिनुहोस्