Logo

मुख्यमन्त्री पोखरेलद्धारा ऋषि धमलाको योगदानको प्रशंसा (भिडियोसहित)



काठमाडौं, २४ माघ । ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रिपोर्टर्स क्लब नेपाल आफ्ना कुरा राख्नको लागि सबैको लागि साझा फोरम भएको बताएका छन् । उनले भने,“एक प्रकारले भन्ने हो भने आफ्नो कुरा राख्ने साझा फोरमको रुपमा रिपोर्टर्स क्लब नेपालले चाहीँ आफूलाई स्थापित् गर्न सफल भएको छ ।”

रिपोर्टर्स क्लब नेपाल प्रदेश ५ को स्थापना दिवस तथा स्मारिका विमोचन कार्यक्रमलाई विहिबार सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले क्लब सबैको साझा मञ्च बन्नुको पछाडि यसका सभापति ऋषि धमलाको भूमिका र योगदान मुख्य रहेको बताएका हुन् ।

Posted by Aliza Goutam on Thursday, February 7, 2019

मुख्यमन्त्री पोखरेलको मन्तव्यको सम्पादित अंश :

“रिपोर्टर्स क्लब नेपाल जुन रुपमा स्थापना भएको छ, यसमा ऋषि धमलाको विशेष भूमिकाले काम गरेको छ भन्ने मलाई लाग्छ । यद्धपी अब कस्तो प्रकारको जर्नालिज्म, एक प्रकारले कस्तो संस्कृति भन्ने कुराले पनि बहस चल्न सक्छ । त्यो ठाउँ कसैले लिएकै छैन् । जसले आलोचना गर्छन्, तिनीहरुले विकल्प दिन सक्नुपर्यो नि । आलोचना गर्नेहरुले विकल्प दिएर राम्रो गरेर देखाउँदाखेरि त्यस्तो अवस्थामा स्वभाविक रुपमा त्यसको विकल्प छ भन्नेपनि हुन्थ्यो होला । आलोचनामै हराउँछ । एक प्रकारले भन्ने हो भने आफ्नो कुरा राख्ने साझा फोरमको रुपमा रिपोर्टर्स क्लब नेपालले चाहीँ आफूलाई स्थापित् गर्न सफल भएको छ ।

र, मिडियाहरुको सन्दर्भमा पनि कहिलेकाहीँ कस्तो देखिन्छ भन्दाखेरि रिपोर्टर्स क्लबमा नजाने भनेर लबी पनि हुन्छन् । र, केही ठूला मिडियाहरु नजाने श्रृंखलापनि चल्छ । तर, अन्त्यमा तिनीहरु हार खान्छन् । किनकी जहाँ समाचार हुन्छ, त्यहाँ नगई सुखै हुँदैन् ।

त्यो प्रकृयाको म एक प्रकारले भन्ने हो भने समर्थक होईन । म आफ्नो कुरा राख्न रिपोर्टर्स क्लब आउँछु भनेर ऋषिजीलाई भनेको छु । किनकी त्यहाँ कुरा राख्नुको अर्थ मिडियामा कुरा राख्नु हो । मिडियामा कुरा राख्नुको अर्थ जनतामा कुरा पुग्नु हो । त्यसकारण त्यहाँ व्यक्ति नभएर एउटा संस्था स्थापित भएको छ । सफल भएको छ । उहाँले मलाई मुख्यमन्त्री भएपछि पनि बोलाउनुभएको छ । मैले काठमाडौंमा आउँदिन भनेको छु । तपाई बुटवल आउनुभयो भने चाहीँ आउँछु । तर, रिपोर्टर्स क्लब काठमाडौंमा प्रदेश ५ को मुख्यमन्त्री आयो भन्ने मौका दिन्न भनेको छु । किनभने संघीय ढाँचालाई स्थापित गर्नुपर्नेछ । सबै चिज फेरी काठमाडौं जान थाल्यो भने संघीय ढाँचा स्थापित हुन्छ फेरी कसरी ? त्यसपछि मुख्यमन्त्री भएपछि मैले धेरै मिडियालाई ईन्टरभ्यु लिन मैले यतै बोलाएको छु । ऋषि धमलाको हकमा मात्रै होईन । सायद यो काम अरु प्रदेशका मुख्यमन्त्रीहरुले गर्नुभएको छ कि छैन मलाई थाहा छैन् । तर, मैले गरेको छु ।

मोफसलको पत्रकारिताले पनि राष्ट्रिय रुपमा चाहीँ ठाउँ पाउनुपर्छ भन्ने अर्थमा संघीयताको प्रयासका सन्दर्भमा यो खालको पहल गरेको छु । यसमा एउटा नोक्शान त छ । नेश्नल मिडियामा जाँदा जति स्पेश प्राप्त हुन्छ, प्रदेशबाट त्यो स्पेश कमै प्राप्त हुन्छ । तर, यो अस्थायी कुरा हो जस्तो लाग्छ । भविष्य प्रादेशिक संरचनामा स्थापित हुन्छ हुन्छ । एक प्रकारले रिपोर्टर्स क्लबको कुरा गर्ने हो भने जसरी ऋषि धमला काठमाडौंमा स्थापत् िहुनुहुन्छ, त्यसैगरि प्रदेशहरुमा चाहीँ रामकुमारजीहरु स्थापित हुने दिन पनि आउँछ । तर, त्यसको लागि स्वभाविक रुपमा के चाहिन्छ भनेदेखि त्यो प्रकारको समर्पण चाहिन्छ ।”



प्रतिक्रिया दिनुहोस्