Logo

अबको लडाई राजसंस्था र हिन्दुराष्ट्रका लागि : राजेन्द्र लिङ्देन (भिडियोसहित)



माघ २५, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै विरोधका कार्यक्रम गरिने बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै लिङ्देनले प्रधानमन्त्री केपी ओली र सातै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउन लागिएको जानकारी दिए ।

त्यसक्रममा लाखाँै जनतालाई जागरुक बनाउने काम पनि गरिने उनले बताए । “हिन्दुराष्ट्र र राजसंस्था र राष्ट्रिय स्वाधिनताको बारेमा जनतालाई जागरुक बनाउँछाँै ।” उनले भने ।

राजसंस्था र हिन्दुराष्ट्र नेपालको आवश्यक भएको लिङ्देनको भनाई थियो ।

पछिल्लो समय हिन्दुत्व, राष्ट्रिय स्वाधिनता र राष्ट्रियता संकटमा परेको उनको जिकिर छ । अहिलेको सरकारलाई खबरदारी गर्न बलियो प्रतिपक्षीको पनि अभाव रहेको लिङ्देनले बताए ।



प्रतिक्रिया दिनुहोस्