Logo

सफाई अभियानको ३ सय हप्ता तर बागमति उस्तै (भिडियोसहित)



माघ २५, काठमाण्डौ । वाग्मति नदि मात्रै होइन । राजधानी र सभ्यताको धरोहर पनि हो । हाम्रो संस्कृति र चिनारी पनि हो । तर, यहि वाग्मति हेरि नसक्नुको प्रदुषित र छोइ नसक्नुको दुगन्धित छ । जसका नाममा विभिन्न खाले अभियान चलिरहेका छन् तर, अवस्था जस्ताको तस्तै छ ।

बाग्मति सफाई अभियान सुरु भएको ३०० हप्ता पुग्न लाग्यो तर अझै सङ्लो पानी बग्ने त परको कुरा टेक्न सक्ने अवस्था समेत बनेको छैन । वाग्मति सफा गर्ने पवित्र उद्देश्यका साथ २०७० जेठ ५ गतेबाट यो अभियान सुरु गर्दा धेरैलाई लागेको थियो, साञ्चै अव वाग्मति स्वच्छ हुने भयो ।

तर काम भन्दा ज्यादा प्रचारमा रमाएको यो अभियानले आजसम्म वाग्मतिमा थोरै पनि परिवर्तन ल्याउन सकेन । ३०० हप्ता पुग्दासम्म वाग्मतिबाट १२ सय टन फोहोर निकालिएको छ, अर्बौ खर्च भएको छ तर, नाक थुनेर हिड्नु पर्ने अवस्थाबाट छुटकारा मिलेको छैन । वाग्मति सफाई अभियान पवित्र कर्म हो । हाम्रो सम्यता र संस्कृतिको धरोहर जोगाउने प्रयास हो ।

तर, यसलाई सस्तो प्रचारमुखि बनाउन खोज्दा भद्दा मजाकको विषय बनिरहेको छ । जस्तो वाग्मति आसपास नाक थुनेर हिड्नु पर्ने अवस्था छ, तर, नुहाउन योग्य भयो भनेर कुप्रचार गरिएको छ । खासमा २०७० साल जेठ ५ गते बागमती नदी सफाईको महाअभियान सुरु हुनु पुर्व पनि बागमती सफाईका कुनै काम नभएका होईनन् । नदी संरक्षण अभियन्ताहरुले आजभन्दा १८ वर्ष पहिले नै नदी सफा गर्ने काम सुरु गरिसकेका थिए ।

तर ति अभियानको अहिलेको महाअभियान जसरी प्रचार भने भएन । बाग्मती नदीको सफाई इतिहासलाई हेर्ने हो भने सरकारी तवरबाटै नदी संरक्षण, सुधार र सफाईकालागि अभियान चालेको दुई दशक नाघी सक्यो । यसबीचमा यस नदीमा कति पानी बग्यो बग्यो । जसरी पानी बगिरह¥यो त्यसै गरि यो पानी सफा गर्ने नाममा पैसा पनि खर्च भैरहयो ।

तर, प्रगति करिब शून्य बराबर छ । राज्यले मेरो दाहित्व हो भन्ने नसोचेसम्म महानगरबासीले मेरो काम हो भन्ने नठाने सम्म बाग्मति सफा हुनेवाला छैन । वाग्मति सफा भएन भनेर अरु तिर चौर औला तेस्र्याउदै गर्दा बाँकी चार औला आफै तिर तेर्सिएको महानगरबासिले हेक्का राखुन । अभियानलाई फोटो खिच्ने मेलो मात्रै बनाउने भन्दा प्रभावकारी बनाउन तर्फ अभियान्ता र सरकार गम्भीर बनुन ।



प्रतिक्रिया दिनुहोस्