Logo

प्रधानमन्त्री ओली सुध्रिएको पाएँ : डा. मिनेन्द्र रिजाल (भिडियोसहित)



फागुन ३, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी ओली सुध्रिदै गएको तर्क गरेका छन् ।

सरकारको एक वर्षे समिक्षा सम्बोधनमा ओली विगतमा भन्दा धेरै परिवर्तन भएको रिजालले बताएका हुन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै डा. रिजालले विगतमा अनावश्यक आश्वासन दिने गरे पनि अहिले ओली केही पछि हटेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीलाई देशको वास्तविक अवस्थाबारे भने केही पनि जानकारी नभएको रिजालको दावी छ ।

एक वर्षमा ओली सरकारले गरेको कामका बारेमा रिजालसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्