Logo

इतिहासले अहिलेको नेतृत्वलाई अग्नि परिक्षामा लिएको छ : प्रचण्ड



काठमाडौं, ३ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इतिहासले अहिलेको नेतृत्वलाई अग्नि परिक्षामा लिएको बताउनु भएको छ । उहाँले नेपाल शिक्षक माध्यमिक विद्यालय शिक्षक युनियन, नेपालको राष्ट्रिय भेलालाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।

अध्यक्षले भन्नुभयो,‘हामीले समस्याको समाधान गरेर संविधानको परिकल्पना अनुसार देशलाई समृद्धिको एउटा नयाँ यात्रा हुँदै समाजवाद उन्मुख राज्य तिर लैजान सक्ने कि नसक्ने भन्ने प्रश्न अगाडि छ ।’

उहाँले आफूहरुलाई शिक्षामा देखिएका सबै प्रकारका समस्याहरुको समाधान गर्ने अवसर प्राप्त रहेको बताउनुहुँदै सो अवसर नेपालले धेरै लामो संघर्ष र बलिदान पछि प्राप्त गरेको आएको बताउनुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यति बेला थाती रहेका समस्याहरुको समाधान भएनन् भने कहिले हुन्छन् भन्ने एउटा डरलाग्दो चित्र आउँछ । यो समस्याको समाधान हामीले पनि गरेनौं भने कसले गर्छ, यसको कल्पना पनि गर्न सकिन्न ।’

शिक्षकका समस्याहरुको समाधान गर्न आफू प्रधानमन्त्री र शिक्षा मन्त्रीसँग छलफल गर्ने उहाँको भनाई थियो । अध्यक्षले विकसित भनिने राष्ट्रहरुले पनि शिक्षालाई नै उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

एकअर्काे प्रसंगमा उहाँले भन्नुभयो, ‘चिकित्सा शिक्षाको व्यवस्था गर्न बनेको र संसदबाट पारित भएको ऐन अहिलेसम्मकै प्रगतिशील हो । यद्यपि यसबारे बहस पनि चलिराखेको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot