Logo

अहिले प्रचण्डलाई प्रधानमन्त्री बनाउने समय होइन : ईश्वर पोखरेल (भिडियोसहित)



फागुन ४, काठमाण्डौ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ५ वर्षभित्रै प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

कुन समयमा के बोल्ने भन्ने ख्याल गर्नुपर्ने भन्दै पोखरेलले अब आलोपालो प्रधानमन्त्रीको कुरा गर्ने समय नभएको बताए ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै पोखरेलले ५ वर्षका बनेको सरकार बिचमा परिवर्तन नहुने भन्दै कसैलाई पनि अलमलमा नरहन आग्रह गरे ।

आफूले दुवै अध्यक्ष केपी ओली र पुष्पकमल दाहाललाई छुट्टाछुट्टै भेट्दा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको हो भनेर सोध्दा होइन भन्ने जवाफ पाएकोसमेत पोखरेलले जिकिर गरे ।

धमलालाई संकेत गर्दै पोखरेलले भने–“तपाईहरु जस्तैले बोलिदिएर मान्छेलाई अलमलमा पारिदिनुहुन्छ । तपाईले बोलेको कुरा देशभरी जान्छ । मान्छेले पत्याइदिन्छन् ।”

मन्त्री पोखरेलले अध्यक्ष दाहाल र वरिष्ठ नेता माधव कुमार नेपालले सरकारको आलोचना नगरेको दावीसमेत गरे ।



प्रतिक्रिया दिनुहोस्