५ फागुन, बुटवल । प्रदेश नम्बर ५ का प्रवक्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले संघीय सरकारका कारण प्रदेश सरकारको काममा ढिलासुस्ती भएको दाबि गरेका छन् ।
उनले प्रदेशले यो बर्ष कानुन निर्माणको बर्षको रुपमा काम गरेको समेत प्रष्ट पारे । ‘प्रदेशमा १४ वटा कानुन निर्माण भैसकेका छन् ,१६ वटा दुई वटा संसोधन समेत भएर पारित भैसके ’ यो काम होइन ? उनको प्रश्न छ ।
प्रदेश प्रहरी ऐन प्रदेश बाट स्वीकृत भएपनि संघीय सरकारले नै प्रहरी ऐन नबनाएको कारण केही अफ्ठ्यारो भएको उनको भनाइ छ ।
जलश्रोेत नीति, यातायात नीति मस्यौदा बनाउनको लागि प्रदेशले केन्द्र सरकारलाइ कुरीररहेको उनले बताए ।
अन्तरप्रदेशमा समेत यस विषयमा कुराहरु उठेको उनले बताए । जिरोबाट काम अगाडी बढाउनुपर्दा केही कमी कमजोरी भएको मन्त्री चौधरीले बताए । संविधान कार्यान्वयनमा सबैभन्दा बढि चिन्ता व्यक्त गरी अगाडी बढिएको बताए ।
प्रदेश सरकारले १ बर्ष पूरा गरेको सन्दर्भमा रिपोर्टर्स क्लव प्रदेश ५ बुटवलको साक्षात्कारमा बोल्दै उनले संघीय सरकारले केहि बिधेयक,ऐन,निर्देशिका नै नबनउदा प्रदेशले पनि बनाउन पाएको छैन,हामीले संघको कानुन पर्खेर बस्नुपरेको छ । ’ उनले सुनाए ।
प्रदेश ५ मा ३५ वटा कानुन तर्जुमा भैसकेर र संसदमा जाने प्रक्रियामा रहेको भन्दै उनले ११६ वटा ऐन, नियम, निर्देशिका निर्माण प्रक्रियामा रहेको उनले जानकारी दिए ।
आवधिक योजना निर्माण गरी कार्य अगाडी बढाएको भन्दै मन्त्री चौधरीले कानुन निर्माणको प्रक्रियामा सात वटा प्रदेशहरुमा नमुना प्रदेशको रुपमा ५ नम्बर स्थापित भएको दाबि समेत गरे ।
सरकारले काम नै गरेर भन्नु गलत भएको उनको धारणा छ । उनले प्रदेश राजधानी र नामकरणको विषयमा सुझाव समितिले अहिले १२ वटै जिल्लामा सुझाव संकलनको क्रममा रहेको भन्दै आएको सुझाव अनुसार नै राजधानी र नामकरणको विषयमा कार्य अगाडी बढ्ने समेत बताए । सरकारको दुई तिहासईबाट नै कानुन बमोजिम नै कार्य अगाडी बढ्ने मन्त्री चौधरीले बताए ।
‘ गरिव १० प्रतिशत मा झर्ने गरी अगाडी बढेको ,अहिले २४ प्रतिशत रहेको गरिवलाई ५ बर्षमा १० प्रतिशतमा झाछौं ’उनले भने ।
मानव विकास सुचकांकामा चौथो स्थानमा रहेको प्रदेश नम्बर ५ लाई उच्च स्थानमा लैजाने गरी अगाडी बढाएको बताए ।
कृषि, पर्यटन र वन लाई लिएर प्रदेश सरकारले योजनाबद्ध विकास अगाडी बढाएको बताए । ५० लाख पर्यटक आउने गरी योजना बनाएको र १२ वटै जिल्लामा पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने उनको योजना सुनाए ।
‘प्रदेशमा गाडी खरिद प्रकरणमा भष्ट्राचार भएको भन्ने मिडीयामा मात्रै देखियो ,सार्वजनिक लेखा समितिले कुनै पनि मन्त्राललाई दोषि देखाएन प्रक्रियालाई मिचेर गाडी खरिद गरिएन ’ उनको दावि छ ।
उनी भन्छन्—‘घोटालाको कुरा गलत छ, छानविन समितिको अन्तमी प्रतिवेदन नआए सम्म घोटला भयो भन्ने तर्क सम्मत छैन ।’
सत्ताबाट बाहिरएको झोकमा सबै जिम्मा एक बर्षमा नै नेकपाले लिनुपर्दछ भन्ने कुरा गलत भएको मन्त्री चौधरीले बताए ।
उनले नेपाली काग्रेस नै गरिबी, पछौटेपन, रोपेको र अहिले त्यसको फल नेकपाको सरकार हुदा आईरहेको बताए । उनले बेतिथि रोपेकोमा अहिले बेथितिलाई थितीमा ल्याउनको लागि सरकार लागि परेको बताए ।
प्रदेश सरकारले १ बर्षको अबधिमा ५१ वटा डिभिजन,१ सय ७ वटा कार्यलयहरु स्थापना र ७ वटा निर्देशनालयहरु निर्माण गरिएको उनको भनाइ छ ।
‘२८ अरवको बजेट असार मसान्तभित्र सत प्रतिशत खर्च गर्ने गरी कार्य अगाडी बढाएका छौ ।’
सरकारलाइ काम गर्न कस्ले रोक्यो : प्रदेश सांसद बिरबहादुर राना
प्रदेशसभा सदस्य विर बहादुर रानाले सरकारले एउटा लोकतान्त्रिक पद्धतीलाइ सम्हाल्न र चलाउन नजानेको तर्क छ । लोकतन्त्रको विषय संस्थागत हुन नसकेको उनको भनाइ छ ।
अहिले सरकार कहां छ भन्ने प्रश्न आम जनताले सोधेको बताए । उनले दुई तिहाई अधिकार भएको सरकारले ठोस रुपमा काम गर्न किन सकेन कस्ले रोक्यौ भन्दै प्रश्न गरे ।
‘प्रदेश कहां छ ,के काम गरिरहेको छ भन्ने विषयमा अहिले पनि स्थानियहरुले अनुभव गर्न नसकेको बताए । सेवा प्राप्त गर्ने कुरामा जनता प्रताडीत हुनुपर्ने अवस्था भएको बताए ।
उनले भने–संघीय संरचना हामीले अपेक्षा अनुसार आएन,सहज रुपमा जनताले सेवा सुविधाभोग गर्ने खालको हुनु आवश्यक छ ।
प्रदेश विकास बोर्ड गठन गर्दा समेत आफुहरुलाई जानकारी नदिएको भन्दै प्रदेश सभा सदस्यले दुख व्यक्त गरे ।
नाम र राजधानीको विषयमा अबिलम्ब टुंगाउनुको विकल्प नभएको बताए । सरकार कै विलम्बको कारण प्रदेशको नामाकरण र राजधानीको विषयले टुंग लाग्न नसकेको बताए ।
प्रदेशमा गाडी खरिदमा कसैन कसैको प्रभावमा पारेर गाडी खरिद गरिएको बताए । सिंगो गाडी खरिदमा प्रष्ट भष्टाचार भएको उनको भनाइ छ । ‘ कहा छ अख्तीयार? खोई छनविन गरेको हो, खोई बाहीर ल्याएको ।’
सिडीओ होइन प्रदेश गृहमन्त्रीलाइ बलियो बनाऔं : प्रदेश सांसद सन्तोष पाण्डे
प्रदेशसभा सदस्य सन्तोष पाण्डेले प्रमुख जिल्ला अधिकारीको अधिकारलाई प्रदेश मातहतमा ल्याउनुपर्ने बताए । उनले विकास निर्माणको कामममा सहकार्य जरुरी रहेको भन्दै यसले नै सबैको विकास अगाडी बढाउने बताए ।
‘बिश्वले मानेको लुम्बिनीलाइ प्रदेशले नाम दिन पनि सक्दैन,अब बिलम्ब नगरौं नाम लुम्बिनी ,राजधानी रुपन्देही तोकौं’ उनले आग्रह गरे ।
निजी क्षेत्रसंग हातोमालो गर : अर्जुनमान सैंजु पूर्व अध्यक्ष बुटवल उद्योग बाणिज्य संघ
नीजि क्षेत्रसंग बिकासमा पनि सहकार्य गर्ने उनले आग्रह गरे ।प्रदेश स्थापनाको एक बर्षमै भ्रष्टाचारको दाग लागेको भन्दै नीतिगत भ्रष्टाचार भएको हुन सक्ने आशंका गरे ।
उनले उद्योगमैत्री कानुन बनाएर ब्यसायीलाइ उत्साहित गराउन आग्रह गरे । ‘हामी ट्याक्स तिर्न तयार छौं तर काम गर्ने बाताबरण चाहियो ’ उनले भने । नीजिक्षेत्रको योगदानलाइ राज्यले सम्मान गर्न नसकेको उनको गुनासो छ ।
निर्धक्क काम गर्ने बाताबरण र कानुन बनेन : गोपाल ज्ञवाली,रोडाढुंगा ब्यबसायी संघ प्रदेश ५ अध्यक्ष
रोडाढुंगा ब्यबसायी संघ प्रदेश ५ का अध्यक्ष गोपाल ज्ञवालीले राज्यले ब्यसाय नै चलाउन नदिन खोजेको आरोप लगाए । ब्यवसायीलाइ संरक्षण र निर्धक्क काम गर्ने बाताबरण र कानुन बन्न नसकेको उनको गुनासो छ ।
प्रदेश सरकारले मिडियालाइ दोषि देख्यो : बालकृष्ण चापागाइ, रासस पूर्व अध्यक्ष
प्रदेश ५ बिकास परिषदमा पत्रकारलाइ बिज्ञ नदेख्नु सरकारको कमजोरी भएको पत्रकार बालकृष्ण चापागाइको गुनासो छ ।
पत्रकारले समाचार लेख्दा सरकारबाट दबाब आउने र मिडियालाइ सरकारले बन्द नै गर्ने नीति बनाएजस्तो अनुभब आफुलाइ भएको चापागाइले बताए ।
‘मिडिया सरकारका सहयात्री हुन्,राम्रो काम गर्नुस् हामी गुणगान गाउन तयार छौं’ उनले भने । तर जनताको पक्षमा मिडिया बोल्दा सरकारलाइ किन आपत्ती भएको भनी उनले प्रश्न गरे ।
अबसर सदुपयोग गर्न सरकार चुक्यो : डा बिष्णु पोखरेल
सरकारले प्रयाप्त अवसर पाउदा पनि राम्रो काम गर्न नसकेको प्राध्यापक डा. बिष्णु पोखरेलको आरोप छ । सरकारले बिश्वास गुमाउदै गएको र जनता यो सरकारबाट आजित भएको उनको दाबि छ ।
जनताले देख्नेगरि र अनुभूति हुनेगरि काम हुन नसकेकोमा आफुहरु असन्तुष्ट भएको पोखरेलको भनाइ छ । सोहि अबसरमा सञ्चारिका समुह लुम्बिनीमा निरु गौतमको नेतृत्वमा हालै निर्बाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रम रिपोर्टर्स क्लवका प्रदेश प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा प्रदेश सदस्य कपिल ज्ञवालीको संचालनमा भएको थियो ।