Logo

प्रधानमन्त्री ओली डडेल्धुरा जादै



काठमाडौँ,फागुन ७ । प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष केपी शर्मा ओली आज डडेल्धुरा जाने भएका छन ।चमेलिया जलबिद्युत आयोजना अन्र्तगत डडेल्धुराको स्याउलेमा निर्माण गरिएको १३२÷३३ केभी सव स्टेशनको उद्घाटन गर्नको लागि मंगलबार दिउँसो १ बजे प्रधानमन्त्री ओली डडेल्धुरा जाने कार्यक्रम रहेको जनाइएको छ। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा विद्युत् आपूर्तिलाई नियमित र भरपर्दो बनाउन डडेल्धुराको स्याउलेमा उक्त सव स्टेशन निर्माण गरिएको हो।

प्रधामन्त्री ओलीसँगै नेकपाका अध्यक्ष प्रचण्ड, उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन, भौतिक योजना तथा निर्माण मन्त्री रघुवीर महासेठ, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, नेपाल विद्युत् प्राधिकारणका कार्यकारी प्रमुख कुलमान घिसीङल,नेकपाका बरिष्ट नेता माधब नेपाल गायत जाने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी गराएका छन। प्रधानमन्त्री ओलीसहितको टोली धनगढी विमानस्थलबाट हेलिकप्टरमा डडेल्धुराको स्याउले कार्यक्रम रहेको छ ।

त्यहाँ उनले बिद्युत सव स्टेशनको उद्घाटन गरेपछि डोटीको बीपीनगरमा सहजपुर–बोगटान सडकको कालोपत्रे शिलन्यास सकेर धनगढी फर्किने कार्यक्रम रहेको छ। चमेलिया–अत्तरिया १३२ केभी प्रसारण लाइन मूनी पर्ने स्याउलेमा सब स्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको हो । सव स्टेसनको निर्माण आर्थिक वर्ष ०७२/७३मा सुरु गरिएको थियो । सव स्टेसनमा १३२/३३ केभीको एउटा पावर ट्रान्सफर्मर र ३३/११ केभीको एउटा वितरण ट्रान्सफर्मर राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot