Logo

दुई तिहाई दम्भका कारण सरकारले संवैधानिक सर्वोच्चतालाई बिर्सियो



बनेपा, ७ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले अहिलेको सरकार दुई तिहाई बहुमतका भएका कारण संवैधानिक सर्वोच्चताको कुरा बिर्सेर संसदीय सर्वोच्चताको मात्रै व्याख्या भएको आरोप लगाएका छन् ।

मंगलबार गिरिजाप्रसाद कोइराला प्रतिष्ठान काभ्रेपलाञ्चोक शाखाले काभ्रेपलाञ्चोकको धुलिखेलमा ६९औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘नेपालमा लोकतन्त्र, शान्ति र विकासका लागि लोक नायक गिरिजाप्रसाद कोइरालको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

कोइरालाले शक्ति सन्तुलन प्रधानमन्त्रीको हातमा मात्रै राखेको र कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलनलाई आफ्नो हातमा लिएको आरोप पनि लगाए ।



प्रतिक्रिया दिनुहोस्