Logo

राष्ट्रपति र प्रधानमन्त्रीमाथि खनिए भीमार्जुन, पशुपतिको गितको विरोध गर्ने समाप्त हुन्छन् (भिडियोसहित)



काठमाडौं, ९ फागुन । बरिष्ठ संविधानविद डा. भीमार्जुन आचार्यले अहिले मुलुकमा रुल अफ ल भन्दापनि रुल बाई ल हाबी भएको टिप्पणी गरेका छन् ।

बुधबार राति प्राइृम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. आचार्यले यस्तो टिप्पणी गरेका हुन् । उनले भने,”अहिले विधिलाई बहाना बनाएर शासन गरेको अवस्था छ । नियम, कानुन, विधि र संविधान जसले जति मान्नुपर्ने हो, त्यति मानेका छैनन् ।”

अहिले मुलुकको कार्यकारी प्रमुख चुक्नुको मुख्य कारण अहंकारले काम गरेको उनको भनाई छ । उनले थपे,”दोस्रो कुरा अझैपनि नेपालमा लोकतन्त्रको लागि धेरै नेपालीहरुलडे, मिडिया लड्यो, तपाईहरु लड्नुभयो, कानुन क्षेत्रबाट हामी लड्यौं । तर, जे गर्दाखेरि पनि हाम्रा नेताहरु जो शासन सत्तामा जान्छन्, उनीहरुले यो सब चिज बिर्सिन्छन् । लोकतन्त्रमा शासक भनेको जनताको एजेन्ट हो । त्यो भन्दा ठूलो केही पनि होइन । जनताको वारेस हो । तर, उनीहरुले आफूलाई मालिक, मास्टर सम्झिन्छन। जनतालाई उनीहरु दास सम्झिन्छन् । सायद यो कारणले गर्दा यो अवस्था आएको हुनसक्छ । “



प्रतिक्रिया दिनुहोस्