Logo

आइसीसी महिला ट्वेन्टी ट्वेन्टी : युएईविरुद्ध नेपालको फराकिलो जित



काठमाडौं, १० फागुन । आइसीसी महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेटको लागि एसियाली समूहको छनोट खेलमा नेपालले दोस्रो जित हात पारेको छ ।

थाईल्याण्डको बैंककमा आज बिहान भएको खेलमा युएईले दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले ११औं ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा रुबिना क्षेत्रीको अविजित १८ रन महत्वपूर्ण रह्यो ।

यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले १७.३ ओभरमा अल आउट हुनुपूर्व ४१ रन जोडेको थियो । नेपालका लागि नेरी थापाले ४ तथा सोनु खड्का, कविता कुँवर र सरिता राना मगरले २—२ विकेट लिए । प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो ।

पहिलो खेलमा मलेसियालाई ३४ रनले हराएको नेपाल दोस्रो खेलमा भने आयोजक थाईल्याण्डसँग ५७ रनले पराजित भएको थियो ।प्रतियोगिताको चौथो खेलमा नेपालले आइतबार हङकङसँग खेल्नेछ ।

यसैगरी पाँचौ खेल सोमबार चीनसँग हुनेछ । समूहको अन्तिम खेलमा नेपालले बुधवार कुवेतसँग खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot