Logo

बेल्ट एन्ड रोड इनिसिएटिभले नेपालको विकासमा महत्वपूर्ण योगदान पुग्छ : प्रचण्ड



काठमाडौं, १४ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकी चीन सरकारले शुरु गरेको बेल्ट एन्ड रोड इनिसिएटिभले नेपालको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

बेल्ट एन्ड रोड इनिसिएटिभका बिषयमा मंगलबार ललितपुरमा आयोजना भएको एक कार्यक्रममा प्रचण्डले चीनका राष्ट्रपति सी जिनपिङले लिएको विकासको अग्रसरताले नेपालको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन ।

आफू दोस्रोपटक प्रधानमन्त्री भएको बेला बेल्ट एन्ड रोड इनिसिएटिभमा हस्ताक्षर गरेको र त्यसले आफूलाई खुसी र गर्व महसुस भइरहेको उनको भनाई छ । उनले उक्त योजना नेपाल र यो क्षेत्रको शान्ति, विकास र स्थिरताका लागि चीनका राष्ट्रपतिले लिएको दूरगामी महत्वको योजना भएको धारणा पनि राखे ।

प्रचण्डले अबको विकास कनेक्टिभिटीबाट मात्रै सम्भव भएको पनि बताए । त्यस्तै उहाले दुई तिहाईको स्थायी सरकार भएको र शान्ति प्रक्रियालाई मौलिक ढंगबाट सफलतापूर्वक सम्पन्न गरेकाले अब विकासको युग शुरु भएको जिकिर गरे ।

कार्यक्रममा नेपालका लागी चिनिया राजदूत होउ यानछीले नेपाल र चीनको सम्बन्धको चर्चा गर्दे नेपालको बिकासमा चीनले सदैव सहयोग गर्ने बताईन् ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot