Logo

नख्खु विस्फोटमा संलग्न एकजना पक्राउ



काठमाडौं, फागुन १५ । नख्खुस्थित एनसेल कम्पनी अगाडि गरिएको विस्फोट घटनामा संलग्न भएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता सूर्य भुजेललाई पक्राउ गरेको छ ।

उच्च प्रहरी स्रोतका अनुसार एक व्यक्तिको ज्यान जाने गरी भएको विस्फोटमा भुजेल प्रत्यक्ष संलग्न देखिएका छन् । प्रहरीका अनुसार सोही दिन कमलपोखरीमा डिस्पोज गरिएको प्रेसर कुकर बम पनि उनकै निर्देशनमा राखिएको थियो ।

एक समय चन्दको अंगरक्षकसमेत रहेका भुजेल पछिल्लो समय उक्त पार्टीको उपत्यका कमाण्ड सदस्य छन् । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot