Logo

कर्मचारीले लापरबाही गर्दा एकै परिवारमा तीन थर



काठमाडौं १९ फागुन । जिल्ला प्रशासन कार्यालयका कर्मचारीको लापरबाहीका कारण फेदाम गाउँपालिका ३, जलजलेका चार घरपरिवारको थर परिर्वतन भएको छ । दलित जातिको सार्की थरका उनीहरुलाई जिल्ला प्रशासन कार्यालयका कर्मचारीले दिएको नागरिकतामा तीन थरी थर लेखिएको छ ।

कसैको नागरिकतामा नेपाली, कसैकोमा र कसैकोमा मंग्रानती थर उल्लेख छ । एकै परिवारका सदस्यबीच पनि फरक फरक थर कायम भएको छ । आफूहरुको जात सार्की भए पनि प्रशासनका कर्मचारीले नेपाली बनाएर दिएको स्थानीय टंकबहादुर सार्कीले बताए ।

२०४० पुस ८ मा जिल्ला प्रशासन कार्यालयबाट जारी भएको उनको नागरिकतामा तत्कालीन प्रशासकीय अधिकृत नूतननारायाण चापागाईले हस्ताक्षर गरेका छन् । आफूहरुको नागरिकता दमाई जातिको हुँदा समाजमा बस्नसमेत अप्ठ्यारो परेको उनले बताए । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot