Logo

मेडिसिटीद्धारा बिरामी सुरक्षा विषयक एक दिवसीय कार्यक्रमको आयोजना



काठमाडौं, २० फागुन । नेपाल मेडीसिटी अस्पतालले पmार्माकोभिजीलेएन्स तथा बिरामी सुरक्षा विषयक एक दिवसीय कार्यक्रमको आयोजना गरेको छ ।

भैरहवाको युनीभर्सल मेडिकल कलेजका प्रोफेसर डा. आर.एम पीर्यानी तथा कतारको कतार विश्वविद्यालयका प्रोफेसर डा.इज्हाम बीन मोहम्मदको मुख्य उपस्थिती रहेको कार्यक्रममा देशभरका करिब ७० फार्मेसी क्षेत्र एवं यससंग सम्बन्धित क्षेत्रका सहभागी रहेका थिए ।
काठमाण्डौमात्र नभई देशका विभिन्न स्थानका फार्मेसीष्टहरु ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, सिभिक, सिभिल, नेपाल क्यान्सर अस्पताल, पाटन अस्पताललगायतबाट रहेका थिए ।

प्रोफेसर डा. आर.एम पीर्यानीले मेडिकल त्रुटि हुन सक्छन् तर त्यसको न्यूनीकरण अति आवश्यक रहेको बताए । उनले यसलाई अध्ययन गरी सहि ढंगले निराकरण गर्न जरुरी रहेको विषयमा जोड दिए ।

त्यस्तै, बिरामीहरुको सुरक्षा र आफ्नो स्थानीय तहसंग अन्तराष्ट्रिय स्तरलाई जोड्ने प्रेरणादायि सन्देश कतारको कतार विश्वविद्यालयका प्रोफेसर डा. मोहम्मद् इज्हाम बीन मोहम्मद् इब्राइमले राखे ।

अस्पतालका तर्फबाट सन्तोष थापाले फार्मेसी क्षेत्रको भूमिका दर्शाउदै यस क्षेत्रको भूमिका र त्यससंगै प्राप्त पद्धतीसंगसंगै नविन पद्धतीहरुलाई पनि स्वागत गर्दै अघि बढ्न यस किसिमको सम्मलेनले महत्वपूर्ण भूमिकन खेल्ने बताए । नेपाल मेडीसिटी अस्पतालले बिरामी सुरक्षामा प्रदान गरिरहेको सुविधामा फार्मेसीको भूमिकाबारे पनि वहाँले प्रष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot