काठमाडौं, ३ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवानिवासमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठक भोलि पूनः बस्नेगरि सम्पन्न भएको छ । केन्द्रिय कार्यसमिति बैठक बस्नुअघि देउवाले पार्टीभित्र सहमतिको प्रयास गरेका थिए । तर, आजको बैठकमा नेताहरुबीच कुरा नमिलेको केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।
उनले भने, आजपनि हामीले सहमतिको लागि प्रयास गरेका हौं, तर सहमति भएन । बैठक भोलि पूनः बस्छ, सभापतिजीले सहमतिको लागि समय माग्नुभएको छ । उनकाअनुसार बैठकमा सहमतिबाटै अघि बढ्नुपर्ने साझा धारणा आए पनि सहमतिको अन्तिम बिन्दुमा शीर्ष नेताहरू पुग्न सकेनन्।
पदाधिकारी र पूर्वपदाधिकारीसहित सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकमा सोमबार बस्ने केन्द्रीय समितिभन्दा अघि समस्याको हल खोज्ने सहमति भएको केसीको भनाई छ । सभापति देउवा समूह र असन्तुष्ट समूहबीच अनुशासन समिति र निर्वाचन समिति गठन प्रक्रियामा विवाद छ।
FILE PHOTO/हालै काठमाडौंमा सम्पन्न भएको महासमिति बैठक