काठमाडौं, ६ चैत्र । रंगहरुको पर्व फागु पूर्णिमा (होली) आज काठमाडौंमा भव्य रुपले मनाइएको छ । काठमाडौंका विभिन्न ठाउँमा होली खेल्नेहरुको ठूलो भीड देखिएको थियो । होलीमा झुमेका अधिकांश युवायुवतीहरु सेल्फी खिच्नमा व्यस्त थिए ।
युवायुवतीहरु एक आपसमा रंग दल्दै होलीको शुभकामना समेत आदान प्रदान गरेका थिए । गत वर्ष झैँ यस वर्षपनि काठमाडौंको वसन्तपुरमा स्वदेशी तथा विदेशी पर्यटकलाई सामुहिक होली खेल्ने व्यवस्था गरिएको थियो ।
तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal.com