Logo

प्रदेशको नामकरण नभएकाप्रति : नेता निधि



धनुषा, १६ चैत : नेपाली काङ्ग्रेसनेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले हालसम्म प्रदेश २ को नामकरण हुन नसकेकाप्रति असन्तुष्टी जनाउनुभएको छ ।

निधिले प्रदेश सरकार कार्यान्वयनमा आएको एक वर्षभन्दा बढी भइसक्दा पनि नामकरण, भाषा र राजधानीसम्बन्धी प्रस्ताव नआउनु दुर्भाग्य भएको बताउनुभयो ।

हलुवाई समाजको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घाटनमा आज जनकपुरमा उपसभापति निधिले प्रदेश २ को नामकरण मिथिला–भोजपुरा हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

आठ जिल्लाले मिथिलालाई प्रतिनिधित्व गरेको र वीरगञ्ज भोजपुरी भाषाभाषीको बाहुल्य क्षेत्र रहेकाले नामकरणको सवालमा मिथिला–भोजपुरा उपयुक्त विकल्प रहेको स्पष्ट पार्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्