Logo

जिल्ला सभापतिहरुविरुद्ध खनिए देउवा, विशेष महाधिवेशन बोलाएर देखाउन चुनौती



विराटनगर, २१ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका असन्तुष्ट जिल्ला सभापतिहरुलाई विशेष महाधिवेशन बोलाएर देखाउन चुनौती दिएका छन् ।

विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै देउवाले जिल्ला सभापतिहरुले विशेष महाधिवेशन बोलाउन सफल भए आफूले त्यसको सामना गर्ने बताएका हुन् । उनले भने,‘पार्टीका असन्तुष्ट २०/२५ जनाले विशेष महाधिवेशन बोलाएर हुन्छ ? यदी सक्छन् भने बोलाएर दखाउन् । म फेस गर्न तयार छु।’



प्रतिक्रिया दिनुहोस्