Logo

ट्रेड युनियन शुक्लागण्डकीको सभापतिमा पोख्रेल सर्वसम्मत



काठमाडौं । तनहुँको शुक्लागण्डकी नपामा नेपाल ट्रेड युनियन काँग्रेस गठन, सभापतिमा पोख्रेल सर्वसम्मत चयन भएका छन । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियनको तनहुँ शुक्लागण्डकी नगरपालिकाको नगर सभापतिमा नारायण प्रोखेल सर्वसम्मत बिजयी भएका हुन।

आज तनहुँको शुक्लागण्डकीमा सम्पन्न युनियनको पहिलो अधिवेशनबाट पोखरेलको सभापतित्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । समितिको उप सभापतिमा शिवराज घिमिरे, देवि न्यौपाने, सचिवमा राधिका गौतम, कोषाध्यक्षमा प्रदीप मल्ल,सहसचिवमा सुनिल पाठक र सदस्यहरुमा दण्ड बहादुर केसी, नवराज बस्ताकोटी, सुरेन्द्र कुमार ठाकुर, गीता कार्की, खड्क वहादुर विक, सिता गिरी, धर्मेन्द्र पट्टेल निर्वाचित भए ।

नवनिर्वाचित सभापति पोख्रेलले आफूलाई यति ठृलो जिम्मेबारी दिएकोमा सबैप्रति आभार प्रकट गर्दै श्रमिकको हक हितका लागि आफू सदैव लड्ने र सबैलाई मिलाएर अगाडी वढ्ने बताए । कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै सम्पूर्ण श्रमिकहरुको आवाजलाई बुलन्द गर्न सफल होस् भनी शुभकामना व्यक्त गरे । आफ्नो नगर क्षेत्र भित्र युनियनले उठाएका मागहरुलाई सम्बोधन गर्न कुनै पनि कसुर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot