Logo

देउवा-पौडेल भागबण्डा मिल्यो



काठमाडौं, २४ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच कार्यसम्पादन समिति गठनबारे भागबण्डामा सहमति भएको छ ।

कांग्रेसनिकट उच्च स्रोतले दिएको जानकारी अनुसार देउवा र पौडेलबीच ६० र ४० को भागबण्डा मिलेको छ । सभापति शेरबहादुर देउवा निवासमा गत शुक्रबार बसेको बैठकमा यस्तो सहमति भएको थियो ।

कर्यसम्पादन समितिमा पदाधिकारीसहित २९ जना नेता अटाउँछन्। क–कसलाई कार्यसम्पादन समितिमा लैजाने भन्नेबारे अहिले कुनै निर्णय भएको छैन । उता, पौडेललाई प्रभावशाली नेता कृष्णप्रसाद सिटैलालाई पनि समेट्नुपर्ने बाध्यता छ ।



प्रतिक्रिया दिनुहोस्