Logo

ओलीमाथि भीम रावलका दश आरोप (भिडियोसहित)



काठमाडौं, २५ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता एवम् पूर्व उपप्रधानमन्त्री भीम बहादुर रावलले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीमाथि दश वटा भन्दा बढि गम्भिर आरोप लगाएका छन् ।

आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले देशको अस्मितामाथि आघात पुग्ने काम वर्तमान सरकारले गरेको आरोप लगाए। उनले भने,”देशको अस्मितामाथि आघात पुग्दा म जतिको स्थायी कमिटीको सदस्य चुप लागेर बस्ने ? मेरो देशको इतिहासले मलाई माफी गर्छ ? गर्दैन् ।”

आफूले व्यक्तिगत रुपमा कसैको विरोध नगरेको पनि उनले स्पष्ट पारे । उनले भने,”मेरो देशको रक्षा हो, पार्टीको प्रतिरक्षा हो । नेपालको स्वाभिमानको रक्षाको यी आवाजहरु हुन् ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot