Logo

राजपा अध्यक्षमण्डलको बैठक बस्दै



काठमाडौं २५ चैत । महाधिवेशनको तयारीबारे छलफल गर्न राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको बैठक सोमबार बस्दै छ ।

दिउँसो १ बजे पार्टी कार्यालय बबरमहलमा बस्ने बैठकमा सदस्यतासम्बन्धी जिल्लाबाट आएका प्रतिवेदन अध्ययन गर्ने र महाधिवेशन तयारी गर्न विभिन्न समिति गठन गर्ने एजेन्डा रहेको अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले जानकारी दिए । राजपाले आगामी ७–९ वैशाखमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

‘जिल्ला–जिल्लाबाट आएका सदस्यतासम्बन्धी प्रतिवेदन कहाँ कस्ता छन् भन्ने विषयमा अध्ययन गर्न र महाधिवेशनको तयारी गर्न विभिन्न समिति बनाउन अध्यक्षमण्डलको बैठक बस्दै छ,’ भण्डारीले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot