Logo

आम पेन्टर श्रमिक संघको राष्ट्रिय सम्मेलन आयोजक समिति गठन



काठमाडौं, ५ जेठ । आम जनता पार्टीनिकट पेशागत संगठन आम पेन्टर श्रमिक संघको राष्ट्रिय सम्मेलन आयोजक समिति गठन भएको छ । प्रभु साहको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रमबीच आज (शनिबार) उक्त समिति गठन भएको हो । विनोद कुमार चौधरीको संयोजकत्वमा ३५ सदस्यीय आयोजक कमिटी गठन भएको हो ।

आम ट्रेड युनियन फेडरेशन नेपालको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त बैठकले चौधरीको संयोजकत्वमा कमिटी गठन गरेको हो । अध्यक्ष प्रभ साहले संयोजक चौधरीसहित कमिटीमा आवद्ध सबैलाई कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

सो अवसरमा सांसद तथा पूर्वमन्त्री साहले देशमा परिवर्तनको सम्वाहक श्रमिक वर्गको अवस्थामा बदलाव जरुरी रहेको बताए । उनले श्रमिक वर्ग जहिल्यैपनि पछि पर्ने र देशमा भगौडाहरुको राज हुने गरेकोमा चिन्ता व्यक्त गरे । उनले श्रमको सम्मान नभएसम्म देशको विकास पनि सम्भव नभएको टिप्पणी गरे ।

आफूहरु भुईंमान्छेको जीवनस्तर उकास्नको लागि राजनीतिमा होमिएको भन्दै तल्लो वर्गको हकहितको लागि आफू जहिल्यैपनि लड्ने विश्वास दिलाए । उनले देशमा अहिले लोकतन्त्र नभएर लुटतन्त्र हाबी भएको पनि आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्